श्रीलंका संकटः प्रदर्शनकारीले निवास घेरेपछि राष्ट्रपति राजापाक्ष भागे

श्रीलंका संकटः प्रदर्शनकारीले निवास घेरेपछि राष्ट्रपति राजापाक्ष भागे

Gotabaya

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले निवास घेराउ गरेपछि राष्ट्रपति गोताबाया राजापाक्ष भागेका छन्।

राजधानी कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीले घेरा हालेपछि उनी भागेका हुन्।

श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध उत्रिएका प्रदर्शनकारी सरकारी निवासमा छिर्न थालेपछि राष्ट्रपति राजापाक्षलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई कहाँ लगियो भन्ने खुलाइएको छैन।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा राष्ट्रपतिको राजीनामा माग्दै विशाल प्रदर्शन गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds