पोखरामा पनि सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

पोखरामा पनि सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

Traffic-1

पोखरा। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि सवारी साधनमा लेखिएका कविता गजल तथा सायरी लगायतका सामाग्रीहरू हटाउन थालेको छ।
शुक्रवार अमरसिंह चोक सडक खण्डमा गुडेका निजी तथा सार्वजनिक सवारीमा कानुन विपरीत लेखिएका कविता, गजल, सायरी तथा द्वि अर्थी लाग्ने भनाई, प्रचार प्रसार सामग्री लगायत सजावटका लागि क्याबिनमा राखिएका झल्लर र सिसामा टाँसिएका कालो स्टिकर ट्राफिक प्रहरीले हटाएको हो।

कार्यालयले सवारी साधनहरूमा कानुन विपरीत राखिने यस्ता सामग्रीले समाजमा विकृति ल्याउने, मानसिक खलल पुर्‍याउनुका साथै सवारी चालकहरूको ध्यान केन्द्रित भई सवारी दुर्घटना हुने गरेको जनाएको छ।

यसबाहेक कतिपय सवारी चालकले क्याबिन सजावटको लागि राखेका सामाग्रीका कारण स्पष्ट बाटो देख्न कठिनाईका कारण सवारी दुर्घटना हुने हुँदा सवारी साधनहरूमा कानुन विपरीत यस्ता सामग्रीहरु नराख्न सम्पूर्ण चालक तथा सवारी धनिहरुलाई  जिल्ला ट्राफिक प्रहरी कार्यालय  कास्कीले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ