बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय, नावालिग पीडितले २१ वर्षसम्म उजुरी गर्न पाउने

बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय, नावालिग पीडितले २१ वर्षसम्म उजुरी गर्न पाउने

sanghiya-samsad_xcBaHgEdN9

काठमाण्डौ।  संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गरेको छ । शुक्रबार विधेयक पारित गर्दै समितिले बलात्कार मुद्दामा हदम्याद बढाएको हो । समिति सभापति कृष्णभक्त पोखरलेका अनुसार बालिगको हकमा बलात्कार मुद्दामा एक बर्ष र नावालिगको हकमा दुई बर्ष हदम्याद बढाइएको छ ।

समितिले जुटाएको सहमितअनुसार अब कुनै पनि बलात्कारमा परेका नावालिगकले वालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पाउनेछन् । वालिगको हकमा घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्नेछ भने,अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थितिको हकमा तीन महिने हदम्याद बढाएर ३ वर्ष पुर्‍याएको छ ।

समितिमा केही दिनदेखि यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेको थियो । छलफलमा सहभागी केही सांसदले हदम्याद हटाउनुपर्ने माग राखेका थिए ।

महिला अधिकारकर्मीहरूले पनि हदम्याद हटाउनु माग गर्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds