पोखरा । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ पत्रकार रुद्र श्रीस मगरलाई प्रदान गर्ने निर्णय भएको छ।
पत्रकार हुम बहादुर गुरुङको संयोजकत्वमा र सदस्यहरु दीपेन्द्र श्रेष्ठ, एम.बि आस्था मगर, जुना कुमारी गुरुङ र दिल प्रसाद गुरुङको छनौट समितिले श्रीसलाई सिफारिस गरिएको हो।
सोही कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९मा अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषअध्यक्ष रमेश गुरुङ र मादि गाउँपालिका वडा नं १मा अध्यक्षमा निर्वाचित देवीजङ्ग गुरुङलाई पनि सम्मान तथा बधाई ज्ञापन कार्यक्रम रहेको छ।
सो कार्यक्रमलाई सफल पार्न बिना कुमारी थापालाई अतिथि सत्कार, मन प्रसाद गुरुङलाई मन्च व्यवस्थापन, सुशील श्रेष्ठलाई प्रचारप्रसार र दिल प्रसाद गुरुङलाई अर्थ समितिको संयोजकको जिम्मेवारी दिईएको छ। सो कार्यक्रम गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा, पोखरा नयाँबजार स्थित तमु धीं नेपालको सभाहलमा यही असार २९ गते हुनेछ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते