अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको मृत्यु, ३६ घाइते

अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको मृत्यु, ३६ घाइते

goli

काठमाडौं । अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। अन्य ३६ जनाभन्दा धेरै घाइते भएका छन्।

अमेरिकाको इलिनोइस राज्यको हाइल्याण्ड पार्कमा राष्ट्रिय झण्डा फहराइरहेका नागरिकमाथि एउटा पसलको छतबाट बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । गोली चलेपछि कार्यक्रम स्थगित गरिएको थियो। गोली चलाउने व्यक्ति रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएको अवसरमा अमेरिकी उपनिवेशहरुले हरेक वर्ष जुलाई ४ मा स्वतन्त्रता परेड गरी राष्ट्रिय दिवस मनाउने गर्छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ