काठमाडौं । रामेछापमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ।
खाँडादेवी गाउँपालिका १ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनास्थलमा मृत्यु हुनेमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सुनापाति –५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विक छन्।
यस्तै, उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन्।
दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते