तनहुँमा कौडा खेलिरहेका १३ जना १ लाख ८० हजार नगदसहित पक्राउ

तनहुँमा कौडा खेलिरहेका १३ जना १ लाख ८० हजार नगदसहित पक्राउ

kauda

सांकेतिक तस्बिर

तनहुँ। आँबुखैरेनी गाउँपालिका-३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा गोरखा अजिरकोट गाउँपालिका-४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत १३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा कौडा खेलिरहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ