महिलालाई स्वराेजगार बनाउन लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा धुप बनाउने तालिम सञ्चालन

महिलालाई स्वराेजगार बनाउन लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा धुप बनाउने तालिम सञ्चालन

samriddhi (1)

लायन्स क्लब अफ पोखरा समृद्धिले महिलाहरुलाई स्वरोजगार बनाउने हेतुले तालिम तथा नगद प्रदान गरेको छ ।

क्लबले पोखराको वडा नंं ९ स्थित सहारा टोलका महिलाहरुलाई धुप बनाउने तालिम प्रदान गरेको हो । क्लबको स्वरोज कार्यक्रम अन्तर्गत यो तालिम प्रदान गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष देवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एओजी सुचित्रा थापाले यस्ता कार्यक्रमले महिलाको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने जनाउँदै महिला स्वरोजगार र आत्मनिर्भर बनेमा समाजमा अगुवाई गर्न सक्ने बताईन् ।

क्लबका स्वरोजगार डिपार्टमेन्ट चिफ टीकाराम सापकोटाले क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds