देउवालाई ओलीको प्रश्न : मन्त्रीहरुलाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ?

देउवालाई ओलीको प्रश्न : मन्त्रीहरुलाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ?

oli

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीले अराजक काम गरिरहेको अवस्थामा पनि प्रधानमन्त्रीले हेरेर बसेको आरोप लगाएका छन् ।

अर्थमन्त्रीमाथि बजेट निर्माणको क्रममा अनियमिताको गम्भिर आरोप लागिरहँदा प्रधानमन्त्री चुप लागेर बसेको र गम्भिर प्रश्न उठ्दा पनि कोही पनि जवाफदेहीता नभएको ओलीले बताए ।

उनले अगाडि भने -‘के प्रधानमन्त्री जी अब केही पनि गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ?,’ ‘गठबन्धन भए पुग्छ ? देश जेसुकै होस् भन्नेमा पुग्नु भएको हो ?’
संसदमा उठेको प्रश्नमा मन्त्रीहरुले जवाफ नदिएपछि प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए । संसदमा अनियमितको कुरा उठिरहेको बेला सीसीटीभीको फुटेज डिलिट गर्न मिल्छ भनेर प्रश्न गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ