पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिदै

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिदै

sadikshya

काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ प्रेमी राहुल मोक्तानसँग विवाह बन्धनमा बाँधिने भएकी छन्।

मंगलबार काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिने भएको छ।

यो जोडीले नेवारी परम्परा अनुसार पर्सी बिहे गर्न लागेका हुन् । बिहेमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्ता गरिएको बताइएको छ।

पूर्व मिस नेपाल सदिक्षाले सन् २०१० मा मिस नेपालको उपाधि समेत जितेकी थिइन्।

यो जोडी एक वर्षदेखी प्रेममा रहेका थिए।

राहुलले काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका छन्। सदीक्षाले गत साता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ