एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई उपयुक्त समयमा पठाइन्छ : परराष्ट्र प्रवक्ता

एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई उपयुक्त समयमा पठाइन्छ : परराष्ट्र प्रवक्ता

SPP

काठमाण्डाै – अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेकाे छ ।

आज आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्ताे बताएकी हुन् । एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनले बताइन् ।

‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । त्यसकाे अध्ययन गरेपछि उपयुक्त समयमा मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्छाैँ ।’ उनले भनिन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds