पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

pahiro- sanket

सांकेतिक तस्विर

पाँचथर । पाँचथरको फालेलुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

फालेलुङ–७ असार १७ गते राति गएको पहिरोले रूपलाल मगरको घर बगाएको थियो। घर बगेसँगै परिवारका तीन जना सम्पर्कविहीन थिए।

रूपलालको शव शनिबार फेला परेको थियो भने उनकी श्रीमती ३८ वर्षीया गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

एक्जाभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको हो। पहिरो गएको समयमा रूपलालको घरमा रहेका काका दलप्रसाद भने सामान्य घाइते भएका थिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ