पोखराको लेकसाइड एरिया ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा श्राेत नखुलेकाे ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्की प्रहरी श्राेतले जनाएकाे छ ।पक्राउ पर्ने नेपालीमा नुवाकाेट ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन्। पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन्।
ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए। तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उदेश्य देखिएको प्रहरीकाे भनाइ छ । कम्पनीमा काम गर्ने भनिएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।अहिलेसम्म उनीहरूले कुनै पनि कागजात देखाउन सकेका छैनन् ।
चिनियाँ नागरिककाे गिराेह नेपालमा बसेर साइबर अपराध र ठगीका गतिविधि गरिरहेको समेत पाइएकाे छ । २०७७ पुसमा काठमाण्डौ उपत्यकाबाट १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते