कास्की । अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन्।
गत आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो।
गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह¬–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए।
यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र शिव कुमार पौडेल चयन भए । उक्त कार्यसमितिको कार्य अवधि ४ वर्ष रहने नवनिर्वाचित अध्यक्ष लामा गुरुङले जानकारी दिए।
उक्त टिमलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु केसी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङ तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रत्येक वर्ष गाउँपालिका कप गर्छाैंः अध्यक्ष गुरुङ
शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष अमृत लामा गुरुङले गाउँपालिकाको मात्रै नभई सिङ्गो भलिबलको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए। उनले विगतमा आफ्नो फाउण्डेशनमार्फत विभिन्न सामाजिक कामसँगै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको बताउदै आगामी दिनमा समेत खेलकुदको गतिविधिलाई निरन्तरता दिने बताए।
उनले प्रत्येक वर्ष गाउँपालिका कपको आयोजना गर्ने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे। ‘गाउँपालिका भित्रका वडाहरुबीच हामीले भलिबल प्रतियोगिता गर्छौं, उनले भने, ‘उक्त कपबाट खेलाडी छनोट भएर गाउँपालिकामा जान्छ यसैगरि जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने सकिन्छ भन्ने उद्देश्य छ । हामी त्यही अनुरुप अघि बढ्नेछौं।’
उनले अन्नपूर्ण गाउँपालिका आफैमा पर्यटकीय ठाउँ रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट गाउँपालिकाको परिचय फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते