गण्डकीमा ६-६ महिनामा सवारी नविकरण गर्नुपर्ने हल्लाप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण

गण्डकीमा ६-६ महिनामा सवारी नविकरण गर्नुपर्ने हल्लाप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण

Ramji prasad-baral

पोखरा । गण्डकी प्रदेशमा सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको छ। अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९/०८० को वजेट वक्तव्यमा सवारी साधन जाँचपास गर्नुपर्ने व्यवस्था संशोधन गरि अर्धवार्षिक रुपमा गर्नुपर्ने व्यवस्था कायम गरिएको बिषयलाई लियर हाल नविकरण बर्षमा २ पटक भन्ने सूचना प्रवाह प्रति अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

प्रस्तुतः भएको वजेट वक्तव्यको बुदा नं. १७२ मा “सवारी साधनको जाँचपास नागरिक सुरक्षासँग जोडिएको बिषय हुँदा बार्षिक रुपमा सवारी साधन जाँचपास गर्नुपर्ने व्यवस्था संशोधन गरि अर्धवार्षिक रुपमा गर्नुपर्ने व्यवस्था कायम गरिएको उल्लेख गरिएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। जाच पासको विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा “सवारी नविकरण वर्षमा २ पटक” भनि भइरहेको सुचना प्रवाहप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका उपसचिव तथा प्रवक्ता वसन्तराज तिवारीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। गण्डकी प्रदेश सरकारको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा ९९ बमोजिम सार्वजनिक सवारीको जाँचपास गराउनुपर्ने व्यवस्था, दफा १०१ को उपदफा (२) मा सवारी जाँचपासको प्रमाणपत्रको मान्यता ६ महिनासम्मको लागि हुनेछ भन्ने व्यवस्था र दफा १०२ (१) मा म्याद नाघेको ७ दिनभित्र जाँचपास गराउनुपर्ने व्यवस्था रहेको छ।

ऐ. ऐनको दफा १०२ (३) मा यदि तोकिएको म्याद भित्र जाँचपास नगराएमा जाँचपासको प्रमाणपत्र रद्द समेत हुने व्यवस्था रहेको कुरा विज्ञप्तिमा उल्लेख छ। गत वर्ष विश्वव्यापी कोरोना महामारीको कारण सवारी जाँचपास वार्षिक रुपमा गर्ने वार्षिक रुपमा दस्तुर एक हजार लाग्ने व्यवस्था भएकोमा यस वर्ष देखि मौजुदा ऐन अनुसार सवारी जाँचपासको अर्धवार्षिक रुपमा पाँच/पाँच सय दस्तुर लाग्ने गरी जाँचपास गर्ने व्यवस्था गरिएकोले थप शुल्क नलाग्ने तिवारीले स्पष्ट पारेका छन्। अर्धबार्षिक रुपमा गरिने परिक्षणले दुर्घटना न्युनिकरण, नागरिकको सुरक्षा र वातावरण संरक्षण हुने तथ्यलाई मध्यनजर गर्न जरुरी देखिएकोले सरकारले उक्त निर्णय गरेको प्रवक्ता तिवारीको भनाई थियो। उनले भने “वार्षिक रुपमा एक पटक हुने व्यवस्था सोही ऐन अनुसार नै रहेको व्यहोरा अवगत गराउदै बिभिन्न सञ्चार माध्यममा आएका समाचारहरुबाट भ्रम नपर्न सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि विज्ञप्ती जारी गरेका हौं।”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds