पोखरामा हिलो खेल्दै पर्यटकले रोपाई महोत्सव मनाए

पोखरामा हिलो खेल्दै पर्यटकले रोपाई महोत्सव मनाए

Tourist

पोखरा। पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा १७ औं असारे महोत्सव अर्थात् धान दिवस मनाइएको छ।

पोखरा महानगरपालिका – २५ हेमजा माईस्थान स्थित १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव मनाइएको हो। महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवमा रसी तान्ने, घैंटो फुटाउने, दौड, हिलोमा माछा समात्ने लगायतका प्रतियोगिता संचालन गरिएको थियो। सहभागी पर्यटकहरु अत्यन्त  खुशिका साथ नेपालीहरुसँगै हिलो छ्यापाछ्याप गरिरहेका देखिन्थे ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्ने र नेपाल सबै मौसममा भ्रमण गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवम् रोपाइँ महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले बताए।

महोत्सवमा प्रमुख जिल्ला अधिकारी जयनारायण शर्मा, पोखरा महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङ लगायतको उपस्थित रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds