मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष मिङमार ढोमा लामाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिकाले चालु खर्चतर्फ १० करोड १४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ २१ करोड २२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालु खर्चमा सङ्घ सरकारबाट राजस्व बाँडफाँटतर्फ रु चार करोड ३७ लाख ९९ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ पाँच करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा प्रदेश सरकारबाट राजस्व बाँडफाँटतर्फ छ लाख ४८ हजार, गाउँपालिकाको आन्तरिक आयतर्फ २६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
पुँजीगत खर्चमा सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ सात करोड १३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ दुई करोड ७० लाख रुपैयाँ, समपुरक अनुदान (विपद् व्यवस्थापन) तर्फ मस्र्याङ्दी नदी र ठाडो खोलामा ९तटबन्ध० तर्फ रु एक करोड ७० लाख, अन्य अनुदानतर्फ रु दुई करोड ९६ लाख ५७ हजार विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने