पोखरा । सर्वोच्च अदालतले आफ्नै आदेश विपरित फेवातालको मापदण्ड घटाउने भनि पोखरा महानगरले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
स्थानीय तहको निर्वाचन कै संघारमा पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले सर्वोच्च अदालतको आदेश विपरित फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर तोकेकोमा उक्त मापदण्ड खारेजी गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
बैठकले फेवातालसँगै वेगनास र रूपा तालको ५५ तथा अन्य साना तालहरूको २० मिटर कायम हुने गरी मापदण्ड घटाउने निर्णय गरेकोमा अधिवक्ता सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले जेठ ११ गते महानगरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
न्यायाधीश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले घटाएको मापदण्ड कार्यान्वयन नगर्न भनि सोमबार आदेश दिएको हो ।
सर्वोच्च अदालतले फेवाताल किनारको ६५ मिटर भित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न सर्वोच्चको निर्देशनात्मक आदेश दिदै १६ वैशाख २०७५ मा तालको मापदण्ड ६ महिनाभित्र तोक्न भनेको थियो । तर, पोखरा महानगरपालिकाले त्यसको तीन वर्षपछि फेवातालको मापदण्ड ३० मिटर,रुपाताल र वेगनास तालको ५५/५५ र अन्य साना तालको मापदण्ड २०/२० मिटर निर्धारण गरेको थियो ।
सर्वोच्चको आदेशसँगै तत्कालका लागि फेवा तालको मापदण्ड पुनः ६५ मिटर नै कायम भएको छ ।
सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन