पोखरा । छैटौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०७८ लाई सफल पार्न एम.ए.कस्ट्रक्सन जेभिले एक लाख ५० हजार रुपैया सहयोग गर्ने भएको छ । उक्त कम्पनीका निर्देशक ई. दीपक बराल नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दीननाथ बराल बिच आइतबार पोखरा रंगशालामा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको मञ्चले जनाएको छ ।
उक्त समारोहमा मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी र सचिव शसि पौडेलको समेत सहभागिता रहेको थियो । प्राप्त सहयोगले उक्त अवार्ड सम्पन्न गर्न थप टेवा पुग्ने मञ्चका अध्यक्ष बरालले बताए । खेलाडीहरुलाई सम्मान तथा हौसला प्रदान गर्ने उक्त अवार्ड आफुहरुले निष्पक्ष ढंगले प्रदान गर्ने उनले जनाए ।
पोखरा रंगशाला फुटवल स्टेडिएम एक अर्ब २८ करोडको लागतमा निर्माण गरेको ग्रेट स्पोटस एण्ड एम.ए.कस्ट्रक्सन जेभिले सुर्खेतमा एक अर्ब ६० करोडको लागतमा विभिन्न खेल मैदान तथा रंगशाला निर्माण गर्न सुरु गरेको ई. बरालले बताए । खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहन गर्ने उक्त अवार्डमा सहयोग गर्न पाएकोमा ई.बरालले खुसि व्यक्त गरे ।
पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल भूतपूर्व खेलाडी मञ्च, तमु धिं युके, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् । अन्य विभिन्न संघ संस्थाबाट सहयोग आउने क्रमजारी रहेको छ ।
विश्व खेलकुद पत्रकार दिवसको अवसर हुने उक्त अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते