पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

prem-bahadur-aale

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

पार्टीले आलेसहित सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन्। आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन्।

आलेले शुक्रबार पार्टी बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ