इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडामा पनि समायोजन

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडामा पनि समायोजन

Bus Nepal

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा समेत समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागका अनुसार न्यूनतम ५.४१ प्रतिशतदेखि ७.६८ प्रतिशतसम्मले भाडा घटाइएको हो । आयल निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले मूल्य घटाएको थियो ।

विभागका अनुसार असार १२ गतेदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.९७ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds