सरकारले घटायो पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य

सरकारले घटायो पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।

मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए। उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर कटौती गरेर मूल्य घटेको बताए। सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए।

अब पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेल–मट्टितेलको १६३ पर्नेछ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds