पोखराको सुइँखेत डुबानमा, १५० भन्दा बढी परिवार विस्थापित

पोखराको सुइँखेत डुबानमा, १५० भन्दा बढी परिवार विस्थापित

suikhet1

पोखरा महानगरपालिका–२५ स्थित सुइँखेत डुबानमा परेको छ। शुक्रबार साँझबाट परेको अविरल वर्षाका कारण पहिरो खसेर खोला थुनिएपछि सुइँखेत डुबान परेको हो।

डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन्।

विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए। पहिरोका कारण १२ वटा घरमा क्षति पुगेको र केही पशु फार्म पनि बगाएको बताइएको छ।

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ। मानवीय क्षति भने भएको छैन।

अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात पनि अवरूद्ध भएको छ।

यस्तै, अविरल वर्षाकाे कारण पाेखरा १९ स्थित भारती भवन उच्च माविकाे भवन अगाडि प्रांगणमा पनि भ्वान परेकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds