पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्ललाई किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।
पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।
त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाई-फकाइ गर्दै आएका थिए ।
९ महिनापछि उजुरी
पीडित किशोरीले अति भएपछि आफूले उजुरी गरेको प्रतिक्रिया दिएकी छन् । पीडित किशोरीले ९ महिनापछि उजुरी दिएकी हुन् ।
शुरुमा घटना भएपछि मल्लले आफ्नो परिवार र व्यवसाय भएको भन्दै आफ्नो जीवन बर्बाद नबनाइदिन आग्रह गरेकोले किशाेरी प्रहरीकहाँ नगएकाे सुनाइन् । अब सुध्रने र पिछा नगर्ने सहमतिमा उनले क्षमा दिएपनि केही समयपछि मल्लले पटक पटक फोनमा, म्यासेजमा विभिन्न किसिमका कुरा गर्ने, भेट्न बोलाउने र आफूमाथिको व्यवहार परिवर्तन नगरेको, सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि अति भएर कानूनी बाटो रोजेको पीडित किशोरीले बताइन् ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने