समाजवादी निकट अनेरास्ववियू पिएन क्याम्पस कमिटिको अध्यक्षमा रसिक

समाजवादी निकट अनेरास्ववियू पिएन क्याम्पस कमिटिको अध्यक्षमा रसिक

pn akhil samajbadi

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको पृथ्वीनारायण क्याम्पस कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ ।
क्यापसमा सम्पन्न विसतारित बैठकले रसिक न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कमिटी गठन गरेको हो ।

उपाध्यक्षमा विशाल नायक क्षेत्री, सचिवमा सन्तोष पौडेल सहसचिवद्वय सुजन सुवेदी र सुदिप पौडेल तथा कोषाध्यक्षमा कल्पना सुवेदी चयन भएका छन् ।

अनेरास्ववियू केन्द्रिय उप–महासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यता एवं अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका निर्वतमान अध्यक्ष तथा अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेको अध्यक्षतामा बैठक भएको थियो ।

विस्तारित बैठकमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अनेरास्ववियूमा लाग्ने विद्यार्थीहरुको पहिलो काम अध्ययन गर्ने भएको भन्दै उपस्थित विधार्थीलाई आफ्नो पढाइमा ध्यान केन्द्रीकृत गर्न आग्रह गरे । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको स्वतन्त्र उम्मेदवारीको परम्पराप्रति कटाक्ष गर्दै श्रेष्ठले दलिय व्यवस्थामा नेतृत्वको कपी गर्दा सफल नहुने बताए । कार्यक्रमकोे सञ्चालन निर्वतमान सचिव रसिक न्यौपानेले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ