पाेखराको पश्चिमाञ्चल अस्पतालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण

पाेखराको पश्चिमाञ्चल अस्पतालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण

Western-regional-hospital-pokhara

पाेखरा। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौलाकाे सफल प्रत्यारोपण गरेका हुन् ।  यो नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण हो।

भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भरत खत्रीले जनाएका छन्।

प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिएको छ।  मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उनकै श्रीमानले मिर्गौला दिएका हुन्।
अहिलेपनि गण्डकी प्रदेशभरी सयौँको संख्यामा मिर्गौला फेल भई क्षेत्रीय लगायत अस्पतालमा डायलाइसिस गराइरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds