भूकम्पका कारण पोखरामा घर भत्किँदा १५ वर्षीया बालिका घाइते

भूकम्पका कारण पोखरामा घर भत्किँदा १५ वर्षीया बालिका घाइते

Eartheque

साङ्केतिक तस्बिर

पोखरा। बिहीबार बिहान गएको भूकम्पका कारण पोखरामा एउटा घर भत्किएको छ। बिहान ३ :५७ बजेको समयमा गएको भूकम्पका कारण पोखरा महानगरपालिका वडा नं -२४ कास्कीकोट स्थित दोपरे निवासी ३९ वर्षीय पूर्ण हरी सुवेदीको घर भत्किएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार सुवेदीको ढुङ्गा माटोले बनेको र ढुङ्गाले छाएको २ तले ३ कोठा सहितको घर भूकम्पका कारण भत्किएको हो। घर भत्किँदा सुवेदीका १५ वर्षीया छोरी करिश्मा सुवेदी समेत घाइते बनेकी छन्।

घाइते करिश्माको पोखरामा उपचार भैरहेको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घटनाको सूचना लगत्तै प्रहरी र स्थानीय उद्दार कार्यमा खटिएका थिए।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५७ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds