अफगानिस्तान भूकम्पः ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

अफगानिस्तान भूकम्पः ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

earthquke

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ।

भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ। भूकम्पका कारण सयौँ घर भत्किएका छन्।

अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो। मानिसहरू सुतिरहेका बेला गएराति साढे एक बजे भूकम्प गएको थियो।

भूकम्पको धक्का राजधानी काबुलसहित, पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ