पेशागत महासंघ नेपाल, कास्कीको जिल्ला स्तरिय भेला तथा एकीकृत सरकारी कर्मचारी संगठन नेपालको पोखरा महानगर कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभाका पुर्व सांसद तथा पेशागत महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष उदया शर्माले राष्ट्रसेवक कर्मचारी तथा पेशा व्यवसायीहरुले पेशागत अनुशासन र मर्यदामा रहेर राष्ट्रको सेवा गर्नु पर्ने वताउदै कर्मचारी तथा पेशाकर्मीहरु कार्यक्षेत्रमा खटिदा आई पर्न सक्ने हरेक समस्यमा पेशागत महासंघले सारथीको भुमिकामा सहयोग तथा समन्वय गर्ने बताइन् ।
नेकपा एसका स्थायी कमिटी सदस्य चुणामणी जंगली, पोलिटव्युरो सदस्य श्रीनाथ वरालले मुलुकको हित र समृध्दिमा पेशाकर्मीहरुको उच्च भुमिका रहनेमा जोड दिदै, जनताको हितमा निस्वार्थ एवं निष्पक्ष भएर क्रियाशिल हुनु पर्ने वताए।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कर्मचारीहरु आफ्नो पेशाप्रति ईमानदार र कर्तव्यनिष्ठ हुन सकेमा कुनै पनि संस्थाले प्रगति गर्न समय नलाग्ने वताउदै कर्मचारीहरुको हितका निम्ति आफुले भुमिका खेल्ने प्रतिवद्धता जाहेर गरे। कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष डा टंक अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्यहरु चुडा बहादुर जिसी, दिनेश लम्साल, कास्की उपाध्यक्ष मोतीप्रसाद पौडेल लगायतले शुभकामना दिएका थिए।
उक्त भेलाले ईश्वरी प्रसाद पोखरेलको अध्यक्षतामा प्रदिप क्षेत्रि, डिल्लिराम गिरी उपाध्यक्ष, धर्मराज चौलागाई तथा सत्यराज साँखी सचिव एवं झंकनाथ पौडेल कोषाध्यक्ष रहेको १५ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पोखरा महानगर कमिटी गठन गरेको छ।
पेशागत महासंघ नेपाल, कास्की जिल्ला अध्यक्ष गुमान अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत दधिराम पौडेल र संचालन सोमलाल तिवारीले गरेका थिए।
सम्बन्धित खबर
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते