पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्नेदेखि ४ वर्ष भित्र आफ्नै मेट्रो अस्पताल बनाउनेसम्मका योजना समेटिएका छन् ।
मेयर धनराज आचार्यले पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । चार दशकअघि बसपार्कका लागि पृथ्वीचोकमा जग्गा छुटयाइए पनि हालसम्म बन्न नसकेकोमा नीति तथा कार्यक्रममा बसपार्क निर्माण गर्ने उल्लेख छ ।
बसपार्कको क्षेत्रफल यकिन गर्ने, अव्यवस्थित बसोबास (सुकुम्बासी)लाई उपयुक्त स्थानमा बहुतले भवन निर्माण गरी स्थानान्तरण गर्ने र सिटी बसपार्कको रुपमा निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने बताइएको छ । लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोकस्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणा पश्चात पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्ध्यवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिने नीति महानगरले लिएको छ ।
यस्तै, ४० वर्षमाथिका सबै नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था गर्ने, हरेक वर्ष महानगर पिता र महानगर माता घोषणा गरी सम्मान गर्ने कार्यक्रम बनाइएको छ । पोखराले पूर्वाधारतर्फ विशेष जोड दिएको छ ।
हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा तीनहजार रोजगारी थप गर्ने योजनाका साथ १२ कक्षा अध्ययन सकेका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरेनरी, ईम्व्रोइडरी, ग्राफिक्स र वेबपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने मेयर आचार्यले बताए।
आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । फेवाताल लगायतका महानगरभित्रका सबै तालतलैया, खोला, खोल्सी, सार्वजनिक जग्गा लगायतको मापदण्ड तयार गरी उपयुक्त संरक्षण र दीगो उपयोग गर्ने नीति अंगीकार गरिएको छ ।
सार्वजनिक सम्पत्ति संरक्षणमा महानगरले चासो देखाएको छ । आगामी वर्षमा महानगरका सार्वजनिक, पर्ती, सरकारी जग्गाको लगत तयारी गरी खुला स्थानको पहिचान गर्ने, मालपोत तथा नापी कार्यालयसँगको समन्वयमा तथ्यांक र अभिलेख अध्यावधिक गर्ने व्यवस्था मिलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको योजना छ ।
कोत्रेदेखि विरौटासम्मको सडकलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गको वाइपास तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा निर्माण गर्न लागिएको छ । पोखराका प्रमुख चोक, पेट्रोल पम्पहरुमा विद्युतीय चार्जिङ स्टेसन बनाउने, दुई वर्षभित्रमा टेलिफोन र अन्य तार हटाएर भूमिगत रुपमा अप्टिकल फाइवर जडान गर्ने, विजुलीका तार भूमिगत गर्ने नीति ल्याएको छ । आगामी वर्षभित्र पृथ्वीचोकमा अण्डरपास र फ्लाई ओभरको सम्भाब्यता अध्ययन गर्ने बताइएको छ ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”98440″ /]
महानगरका ३३ वटै वडामा कम्तिमा एउटा सहकारी, एक उत्पादन कार्यक्रम सन्चालन गर्ने नीति छ । पोखराको जेठोबुढो चामललाई ब्राण्डिङ गरेर बजार प्रवर्द्धन गर्ने, पोखरामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेदेखि प्याराग्लाइडिङको वैकल्पिक सन्चालनका लागि पहल गर्ने तथा हिमागृह र रत्नमन्दिरलाई व्यवसायिक हिसावले खुला गर्ने महानगरको नीति छ ।
नगरभित्र व्यवस्थित क्रिकेट खेलमैदान र गल्फकोर्ष निर्माणको सम्भाव्यता अध्ययन गर्ने, आउँदो वर्ष कम्तिमा चारवटा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । चार वर्षभित्रमा सुविधासम्पन्न मेट्रो अस्पताल निर्माण र सन्चालन गर्ने कार्यक्रम पनि पोखराले समेटेको छ ।
विपन्न र न्यून आए भएकालाई जन्मेको दुई वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने, विवाह र मृत्युदर्ताबापत प्रोत्साहन भत्ता दिने कार्यक्रम छ । जन्मदर्ता गर्दा ६ महिनासम्म न्यून आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रम समेत समावेश गरिएको छ ।
फोहोरमैला उत्सर्जनमा न्यूनिकरण तथा स्रोतमै वर्गीकरण गरी पुन: प्रयोग एवं पुन: चक्रीय फोहोरमैला विक्री वितरण गरी आयआर्जन गर्ने वातावरण सिर्जना गर्ने नीति महानगरले लिएको छ । त्यसैगरि कृषि उत्पादनको बजारीकरण, मूल्यश्रृंखला र भण्डारण सहयोगका लागि ‘बारीदेखि बजारसम्म, गोठ देखि ओठसम्म’ अभियान सञ्चालन गरिने पनि नीति तथा कार्यक्रमले समेटेको छ।
कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिने मेयर आचार्यले बताए। कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गरिने पनि यसमा उल्लेख छ। प्राकृतिक तथा अन्य कारणले बालीमा पुग्न सक्ने क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान सूचना प्रणालीको व्यवस्था मिलाउँदै कृषि बीमालाई पनि महानगरको नीतिले प्राथमिकता दिएको छ
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी