पोखरा । इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरामा विरोध प्रदर्शन गरेको छ । पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस गेट अगाडि सडकमै चिया पकाएर खाई रचनात्मक विरोध गरेको हो ।
यस्तै, विरोध प्रदर्शनका क्रममा अखिलमाथि प्रहरीले गरेको धरपकडको विरोधमा मुखमा कालो टेप बाँधी सांकेतिक विरोध पनि गरेको छ । प्रदर्शनकारीहरूले ‘गठबन्धनको उपहार, महँगी र भ्रष्टाचार’, ‘अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार’ जस्ता नारा लगाएका थिए ।
सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिनमा विरोधका कार्यक्रम थप सशक्त बनाउँदै जाने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए ।
प्रदर्शनमा बोल्दै क्याम्पस कमिटि अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।
केन्द्रीय सदस्य अनुप लामिछानेले राज्यले जनतामाथि परिरहेको संकटको बेलामा अभिभावकत्व लिनुपर्ने बेलामा गठबन्धन सरकार मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको बताए ।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि हुँदा १९२ रुपैयाँ पुगेको छ । एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन