पोर्चुगलमा क्यान्सरबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा क्यान्सरबाट एक नेपाली युवाको मृत्यु

man-sopli

काठमाडौँ । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो।

उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्षअघि पोर्चुगल गएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds