पोखरा । सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च ब्वाइजसंगको भेट पक्का गरेको हो।
खेलको १० औं मिनेटमा अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो। १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो २२ औँ मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपिएफका गोलरक्षक विशाल गुरुङले पन्च गर्दै बचाउ गरे। २० औं मिनेटमा एपिएफका प्रदिप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक तथा कप्तान कोभासिले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाए।

खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाए। उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए। पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत दुई गोल गर्दै सहज जित हासिल गरेको हो। खेलको सुरुवात देखि नै एपिएफमाथि हाबी भएको एभिनियरले उत्कृष्ट खेल देखाएपनि आफ्नै सहकर्मीहरु बिचको समन्वयमा भने विवाद गरिरहे। एभिनियरका परिवर्तित खेलाडी विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पार्दा जित नजिक पुगेको थियो। उनले खेलको ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सहज गरे। उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए। एपिएफले खेलमा फर्कने प्रयास गरेपनि सकेन्। दोस्रो हाफमा १० खेलाडीमा सिमित एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा एकमात्रै गोल गरे।
प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ।
किपरको गल्तीले हार व्यहोर्यौ: एपिएफ प्रशिक्षक
एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले गोलरक्षकको कम्जोरीका कारण हार व्यहोरेको प्रतिक्रिया दिए। उनले पहिलो गोल किपरको गल्तीका कारण हुदाँ खेलमा असर गरेको सुनाए। सेट टिममा ५ जना खेलाडी नहुनु अर्को हारको कारण रहेका उनको भनाइ छ।
खेलाडीले सोचेँ भन्दा राम्रो खेलेः एभिनियर प्रशिक्षक
उता एभिनियरका प्रशिक्षक आसिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रदर्सनी गरेको प्रतिक्रिया दिए। उनले हिजोमात्रै अन्तत्र खेल खेलेर आएको हुँदा पनि खेलाडीले थकाइलाई बिट मार्दै नतिजा निकाल्नु सामान्य कुरा नरहेको सुनाए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते