काठमाडौं । वायु सेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि संघले आफ्नो निर्णय फिर्ता लिएको हो।
हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने जानकारी दिएका छन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ)मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्न सर्कुलर जारी गरेको थियो। सर्कुलर अनुसार हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि र हवाईजहाज सञ्चालक कम्पनीहरुले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने थियो। यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने थियो। यसको विरोधमा नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो।
सम्बन्धित न्युजः
बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन