बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने अदालतको आदेश

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने अदालतको आदेश

Manoj-Pandey

जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो । प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो । अदालतको यो आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाईएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डे संलग्न बाल यौन दुरुपयोगको कसूरमा चाहिँ पाण्डेलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनको भनाइ थियो । घटनाबारे तत्कालीन कोरियोग्राफर एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतलाई बताए पनि राम्रो साथ नपाएको उनको आरोप थियो ।

हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन भएको थियो । यही घटनाका सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ