काठमाडौं । नेपाली कांग्रेसकी नेता एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन साहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको तर सधै एउटै नहुने बताएकी छन् ।
नेपाल तरुण दल कास्कीले आज पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रममा उनले भनिन् – ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन, म ओपन्ली त भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द कन्सल्टेन्सी बालेनले कतिमा हायर गर्नुभयो ?’
विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उनले मजाक पनि गरिन् । ‘हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ आरजुको भनाई थियो ।
आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव पनि दिएकी छन् । राणाले भनिन्, ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि ? विचार दिने नेता हो कि ? मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? वाककला भएको नेता हो ? आफ्नो गुण के हो पहिचान गर्नुस् ।’
राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेकाे टिप्पणी गरिन् । उनले भनिन् ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको मैले नजिकबाट देखेको छु ।’
प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको उनकाे दाबी छ । उनले प्रधानमन्त्री देउवा देशमा पाँच पटक प्रधानमन्त्री भएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताइन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने