आशिष पुरी, पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) का राजपरिवार सदस्य ‘मेम्बर अफ रुलिङ फेमेली अफ युएई’ शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम भोलि पोखरा आउँदैछन् ।
राजपरिवारको दुबई स्थित एमबीएम नामक व्यापारिक संस्थान (राजपरिवार कार्यालय र लगानी होल्डिंग कम्पनी) को प्रमुख समेत रहेको मक्तुम पोखरा भ्रमणको सन्दर्भमा सोमबार आउने भएका हुन् ।
उनी सवार जहाज भोलि मध्यान्ह १२ बजे पोखरा एयरपोर्ट ल्याण्ड हुने कार्यक्रम छ । एयरपोर्टमा स्वागत कार्यक्रम समेत रहेको पोखरा भ्रमणका संयोजक एवं उर्जा ल्याबका संचालक विनायक पौडेलले जानकारी दिए ।
राजकुमार मक्तुमले पोखरा भ्रमणका क्रममा बन्जी जम्प, प्याराग्लाइडिङ लगायतका साहसिक खेल खेल्न सक्ने सम्भावना रहेको पौडेल बताउँछन् ।
मक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सीटी–स्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका थिए। व्यवसायी एवं नेकपा एमालेका नेता दुर्गा प्रसाईंको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।
भीआइपीको भएपनि उनी शनिवार काठमाडौंबाट झापा श्री एयरलाइन्सको नियमित उडानबाट नै पुगेका थिए। शेख झापाको मेची क्राउन होटेलमा बसेका छन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने