भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु

भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु

flood-badhi

symbolic picture

काठमाडौं । भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयमा आएको बाढीमा परेर ३२ जनाको मृत्यु भएको छ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ।

आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ। आसामका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन्।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ। ती जिल्लामा १९ जनाको ज्यान गएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds