पोखराका पत्रकार रेम बिकलाई ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’

पोखराका पत्रकार रेम बिकलाई ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’

rem-rasaili

चलचित्र पत्रकार संघ नेपालले प्रदान गर्ने “मोफसल चलचित्र पत्रकारिता पुरस्कार” २०७८ बाट चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका निवर्तमान अध्यक्ष रेम बिक पुरस्कृत भएका छन् ।

उनलाई शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २५ हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन्।

बागलुङको बोंगादोभानमा जन्मिएक रेम पोखरामा रहेर कलाकारिता तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल छन्। उनले नेपाली फिल्म, टेलिफिल्म, नाटक, सर्ट मुभी, म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् ।उनको डेब्यु फिल्म ‘नेपथ्य’ हो । फिल्म नाईके, टेलिफिल्म सिँहदरबारले उनलाई धेरै माझ चिनायो ।

विविसिले बनाएको ‘डकुड्रामा’ मार्फत समेत आफ्नो अभिनयकला उनले देखाए । नाटक र म्युजिक भिडियो मात्र नभएर सर्ट मुभी मार्फत उनले गरेको अभिनय दर्शकले रुचाएका थिए । उनको अभिनय क्षेत्रको खुड्कीलो भने पत्रकारिता नै हो । उनी हाल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवसमेत हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ