पोखरामा स्विमिङ पुलमा डुबेर १३ वर्षीय किशोरको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर १३ वर्षीय किशोरको मृत्यु

kid-drowns-in-pool

प्रतिकात्मक तस्वीर

पोखरा । पोखराको तेर्सापट्टी स्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ देउपुर घर भइ हाल पोखरा ५, मालेपाटन बस्दै आएका १३ वर्षीय दिपेश शर्मा रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता ज्ञान बहादुर खड्काले गण्डक न्युजलाई जानकारी दिए।

अन्दाजी दिउँसो ४ बजेको समयमा तेर्सापट्टी स्थित चन्द्र मथुरा (सीएम) स्विमिङ पुलमा पौडी खेल्ने क्रममा गहिराईतर्फ जाँदा डुबेर किशोरको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। आमा र भाइसँगै पौडी खेल्न गएका उनी एक्कासी डुबेको खड्काले बताए ।

उनी डुबेको केही समयपछि मात्र थाहा भएपछि तत्काल उद्धार गरी उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

हाल घटनाबारे अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds