पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर चितवनका राजनको मृत्यु

पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर चितवनका राजनको मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

लिस्बन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको मृत्यु भएको छ।

विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको मृत्यु भएको हो।

सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले बताए।

कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए। सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए। शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् । यसअघि पनि एक नेपालीको समुद्रमा डुबेर निधन भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds