पोखरामा करेन्ट लागेर ‘भक्त’ काे ज्यान गयाे

पोखरामा करेन्ट लागेर ‘भक्त’ काे ज्यान गयाे

current

पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पोखरा १४ मझेरीपाटनका ४७ वर्षीय भक्तबहादुर पोखरेलको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे ८ बजेतिर विद्युत मर्मतको लागि बिजुलीको खम्बामा चढेका पोखरेल करेन्ट लागेपछि पोलबाट खसेका थिए ।

घाइते पोखरेललाई उपचारको लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोष्टर्माटमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds