पोखरा । पोखराका मेयर धनराज आचार्यलाइ अटेरी अभियानले सुझावमुलक मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताहरुले मेयर आचार्यलाई भेटेर मायाको चिनो हस्तान्तरण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने घोषणा गरेका योजनाहरुको लिस्ट बनाएर अभियानले मेयर आचार्यलाइ बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भुमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदाहरुलाई सुझावको रुपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेको बताए । ‘पोखरा महानगरपालिका प्रमुखको रुपमा पदभार ग्रहण गरि सकेपछि मेयर साबले एक वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएका योजनालाई हामीले लिस्ट बनाएर दिएका छौं । ताकि उहाँलाई आफ्नो चुनावी बाचा सम्झिन सजिलो होस्,’ उनले भने ।
काम गर्नु र गरि रहनुमा फरक रहेको बताउदै कार्कीले अभियानको तर्फबाट सफल कार्यकालको शुभकामना दिएको बताए । महानगरपालिका बनाउनका लागि अभियानले सिर्जनात्मक दबाब दिइ रहने उनले बताए ।
आगामी संघ र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारलाई एकजुट बनाउन अभियानका परिकल्पनाकार गनेस पौडेल देश दौडाहामा निस्केका छन् । देश व्यापी छलफल पछि स्वतन्त्र उम्मेदवारको समुह बनाउन पहल गरिने कार्कीले बताए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते