दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती वलीले मिना भण्डारी बस्नेत र उनकी तीन वर्षीया छोरीमाथि हातपात गरेपछि स्वास्थ्यराज्यमन्त्री वलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ। राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीनाको भनाइ छ।
मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेको खुलेको छ।
गत वर्ष विमला वली र एकराजको अस्वाभाविक फोटोसमेत बाहिरिएको थियो। तर, वलीले एकराजले फोटोसप गरेर तस्वीर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन्।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। आरोपित राज्य मन्त्री वलीलाई भने जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ। वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएको थियो। उपचुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी वली अहिले नेकपा माओवादी केन्द्रमा छिन्।
यसैबिच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते