एसियामै सबैभन्दा लामो दाह्रा भएको हात्तीको मृत्यु

एसियामै सबैभन्दा लामो दाह्रा भएको हात्तीको मृत्यु

Kabinis-iconic-Bhogeshwara-is-dead

काठमाडौं । एसियाको सबैभन्दा लामो दाह्रा भएको हात्ती भोगेश्वरको मृत्यु भएको छ।

भारतको कर्नाटकस्थित बान्दीपुर टाइगर रिजर्भमा रहेको उक्त ६० वर्षीय हात्ती शनिबार मृत फेला परेको हो।

उक्त हात्तीको प्राकृतिक कारणले मृत्यु भएको बताइएको छ। पर्यटकका लागि मुख्य आकर्षणको रुपमा रहेको भोगेश्वरलाई एसियाकै सबैभन्दा लामो दाह्रा भएको हात्ती मानिन्थ्यो।

यो हात्तीलाई ‘मास्टर काबिनी’को नामले पनि चिनिन्थ्यो। वन विभागका अधिकारीहरुका अनुसार भोगेश्वरको एउटा दाह्रा २.५४ मिटर र अर्को दाह्रा २.३४ मिटर थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ