पर्सा । वीरगञ्ज महानगरपालिका १६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ गोटा वन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा कछुवा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आनन्दलाललाई झोलामा लुकाइ डिक्कीभित्र ल्याउँदै गरेको उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो ।
आनन्दलाललाई उक्त कछुवा र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको छ ।
दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ
यस्तै काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने