मुग्लिन–आँबुखैरेनी सडकमा राति पनि गाडी चल्न थाल्यो

मुग्लिन–आँबुखैरेनी सडकमा राति पनि गाडी चल्न थाल्यो

Prithbi-rajmarga

तस्बिर साभार : व्यासश्री समाचार

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि गाडी चल्न थालेका छन्।

आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो।

रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको छ।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। सडक भासिएको छेउपट्टि मर्मत नहुँदासम्म यो खण्डमा एकतर्फी मात्रै गाडी चल्ने छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds