चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द गर्ने

चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द गर्ने

Chitwan-National-Park

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आगामी असार १ गतेदेखि बन्द गर्ने भएको छ।

निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो।

मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोलामा बाढी आउने तथा रूख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको निकुञ्जले जनाएको छ।

निकुञ्जले प्रत्येक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्दै आएको छ। योसँगै बाढीको डर हुने भन्दै राप्ती नदीमा गरिने डुङ्गा सफारी पनि बन्द गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

सो समयमा १ लाख ५९ हजार बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ