नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा झुण्डिएका पुरूषलाई ८ घण्टापछि उद्धार गरिएकाे छ ।
नेपाली सेनाको तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहान साढे १० बजेदेखि तारमा बस्दै आएका व्यक्ति साँझ ७ बजे ओर्लिएका हुन् ।
उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का माईला भनिने प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो ।
बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए । स्थानीयहरूले तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा बिकले मानसिक सन्तुलन गुमाएको पनि बताइएको छ । बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ ।
कराेड घाटा
माथिल्लो त्रिशूली थ्री ए अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई एक करोड घाटा भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार करिब ९ घण्टा विद्युत् अवरुद्ध हुँदा एक करोड बढी घाटा भएको छ ।
यसैबीच, ऊर्जामन्त्री पम्फा भुसालले उनको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी थिइन् । त्यसपछि सेनाकाे टाेली हेलिकप्टर लिएर ककनी पुगेकाे हाे ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ