बिहानदेखि बिजुलीको तारमा रहेका माइलाको हेलिकप्टर मार्फत उद्धार

बिहानदेखि बिजुलीको तारमा रहेका माइलाको हेलिकप्टर मार्फत उद्धार

286975928_2793515570943361_6120911006247020327_n16549384641654947320
नुवाकोट । हाइटेन्सन बिजुको भोल्टेज प्रवाह हुने तारमा रहेका माइला विकको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार माइलाको उद्धार गरिएको हो ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा नुवाकाेटका माइला विक चढेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको थियो।

माइलाको उद्धार हेलिकोप्टरबाटमात्रै सम्भव देखिएकाले नेपाली सेनाको चारजनाको टोली हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

नुवाकोटको ककनी गाउँपालिकाका माइला विक (प्रेम) बिहान करिब १० बजेदेखि बिजुलीको तारमा थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds